तनहुँ ।
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड सञ्चालनका लागि भित्तातर्फको भाग तासिएको छ ।
भित्ता काटेर एकतर्फी रुपमा साना सवारी चले पनि केही दिन ठूला सवारी आवागमनमा रोक लगाइने भएको छ। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरे पनि ठूला सवारी भने चल्ने अवस्था नभएको बताइएको छ।
यस खण्डको करिब २० मिटर सडक तल खसेको छ भने करिब २० मिटर सडक भासिएको छ । वरपरका ४० मिटर क्षेत्र जोखिममा छ ।
आँबुखैरेनी गाउँपालिका(४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको थियो । भासिएको सडक भन्दा तलपट्टि दुई जनाको शव समेत भेटिएको थियो भने कार पनि खसेको अवस्थामा थियो ।