यसपाली विपदको उच्च जोखिम : २० लाख मानिस प्रभावित हुने अुनमान

केन्द्रभाग मिडिया

काठमाडौँ।

नेपालमा हरेक वर्ष प्राकृतिक प्रकोप र विपदबाट कयौं मानिसले ज्यान गुमाउने गरेका छन् भने कयौं घरबार बिहीन बन्ने गरेका छन् । यस वर्ष पनि लाखौं मानिस विपदजन्य घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ ।

बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेकाले प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो ।

विपदबाट जोखिम उच्च रहेकाले सर्तक रहन अनुरोध गरिएको छ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १६:३६ प्रकाशित