मन्त्री झाँक्रीले सिसडोलबासीसँग मागिन् माफी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको क्रममा सिसडोलबासीको भावनामा चोट पुगेको हुनसक्ने भन्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् ।

फोहोर व्यवस्थापनबारे आज बिहानको वार्तामा स्थानीय आन्दोलनकर्ता, धुनबेसी र ककनीका जनप्रतिनिधिसँग माफी मागेकी हुन् । वार्तामा उपस्थित सांसद भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनका क्रममा भएको प्रहरीको बल प्रयोगको विरोध गरेका थिए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा पनि फोहोर व्यवस्थापनबारे एमाले सांसदहरूले आवाज उठाएका थिए । उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिबारे कसैलाई चोट पुगेको भए क्षमा दिन बताइन् । उनले बल प्रयोगले नहुने र सहमतिमै अगाडि बढ्नुपर्ने राय राखेकी थिइन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गर्न बजेट छुट्याउने वार्ता भएको छ । यसका लागि पुनः आजै साँझ वार्ताका लागि बोलाइएको छ ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १४:२२ प्रकाशित