तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँमा एक युवतीको शव फेला परेको छ ।

भदौँ २९ गते टिकटक बनाउने क्रममा सेती नदिमा बेपत्ता भएकी युवतीको शव फेला परेको हो । बेपत्ता तनहुँ शुक्लागण्डकी नगरपालिका ८ लालिमकी वर्ष १९ की पवित्रा लम्सालको ७ दिनपछि शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनको आज बिहान ९ बजे तनहुँ भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनी टिकटक बनाउने क्रममा लडेर खोलामा खस्दाँ बेपत्ता भएकी थिइन्

यस्तै पर्वतमा एक युवक मृत भेटिएका छन् ।

चितवन भरतपुर घर भइृ पर्वत कुश्मा बसी ज्याला मजदुरी गर्ने २१ वर्षीय सन्तोष मगर मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी आज बिहान साढे ८ बजे मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार १६:५८ प्रकाशित