मुग्लिन नारायणघाट सडकखण्डमा रोकिएन पहिरो : अझै खुलेन सडक

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

गएराती परेको पानीले पहिरो खस्दा अवरुद्ध भएको मुग्नि नारायणघाट सडक खण्ड अझै खुल्न सकेको छैन ।

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो ।बिहानैबाट सडक खुलाउने प्रयास भइरहेको छ ।

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोको कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध रहेको छ ।

  • २६ जेष्ठ २०७९, बिहीबार १३:३३ प्रकाशित