पोखरा सेती नदीमा हाम फालिन किशोरी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सेती नदीमा एक किशोरी हाम फालेकी छन् । आज दिउँसो नदीपुरस्थित सेतीनदी पुल नजिकैबाट एक किशोरी हाम फालेको प्रहरीले जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीले दिएको जानकारीको आधारमा अहिले खोजि कार्य भइरहेको कास्कीका प्रहरी निरिक्षक ज्ञान खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार धादिङ घर भई पोखराको नदीपुर बस्दै आएकी अन्दाजी १८/ २० वर्षकी किशोरी नदीमा हाम फालेकी हुन् । स्थानीयबासी र प्रहरीले अहिले उनको खोजी गरिरहेको छ ।

  • २५ जेष्ठ २०७९, बुधबार १६:५२ प्रकाशित