काठमाडौं ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा आज बुधबार पनि स्थानीयले रोकेका छन् । राजधानीमा भएको सहमतिमा आफुहरु सहमत नभएको भन्दै फोहोर फाल्न गएको टिपरमा अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।