गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सभामा सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यलाई प्राथमिता दिएको छ । सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ । यस्तै प्रदेशमै ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिने पनि उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले मृगौला प्रत्यारोपण सेवा र मुटुरोग अस्पताल स्थापना गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने बताए ।

सरकारले गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलासिस सेवा बिस्तार गर्ने जनाएको छ ।

प्रदेश सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहीद तथा वेपत्ता भएकाहरुका परिवार एवम् घाईते, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ। प्रदेश अन्र्तगतका सबै अस्पतालमा ती सेवा उपल्ब्ध हुने छन् ।

गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवर्द्धन गर्न स्थानिय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग ‘बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

एक विद्यालय एक नर्सकार्यक्रमलाई क्रमस कार्यान्वयनमा लैजाने सरकारले जनाएको छ ।

सरकारले एक निर्वाचन क्षेत्र एक कृषि सडक निर्माण, सालिग्राम कोरीरोड निर्माणलाई तिव्रता र कालिगण्डकी कोरीरोडको स्तरबृद्धि गर्ने जनाएको छ ।

पोखराको लामेहालमा पोखरा महानगरको सहकार्यमा बसपार्क निर्माण गर्न जग्गा प्राप्ती गर्न प्रकृया अगाडी बढाउने, पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणलाई तिव्रता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकाले भौतिक पूर्वाधार तर्फ क्रमागत योजनालाई विशेष प्राथमिकता दिइने गुरुङले सुनाए ।

दुर्गम क्षेत्रमा नागरिकलाई पाइक पर्ने स्थनमा सरकारी कार्यालयको सेवा सेवा केन्द्र स्थापा गरिने छ । गाउँगाउसम्म खेलकुदको विस्तार गरिने । त्यसका लागि एक स्थानीय तह एक खेल मैदान निर्माणलाई निरन्तरता दिइने छ ।

मृख्यमन्त्री जलबायु मैत्री नमुना कृषि कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिइने भएको छ ।

आधारभुत खाध्यान्नमा प्रदेशलाई आत्मनिर्भर बनाउन आगामी तीन वर्ष भित्रमा धान, मकै, आलु, कोदो र तरकारीमा आत्मनिर्भर हुने तथा दुग्धपर्दाथ, अण्डा फलफुल निर्यात गर्न आवश्यक तयारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशका प्रमुख पर्यटकिय गन्तव्यमा पूर्वाधार निर्माण, पदमार्ग निर्माण गदै पर्यटनको बसाई अवधि बढाउने । त्यस्तै ढोरपाटनलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न गुरुयोजना बनाउने सरकारले जनाएको छ ।

जलपुरणभरणका लागि कम्तिमा एक सामुदयीक बन एक पोखरी कार्यक्रमलाई बृहत रुपमा संचालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार १८:१४ प्रकाशित