एजेन्सी ।
अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ ।
अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । आफ्नै छोराले चलाएको गोली लागेर घाईते भएका बाबु २६ वर्षीय रेगीलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको हो ।