काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका १२ जिल्लाका साना नदी नालाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ ।
नदीको वहाव बढ्दा जोखिम हुनसक्ने भन्दै नदीनाला आसपासका स्थानीय तथा सर्वसाधरणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।