एजेन्सी ।
भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना हुदाँ २६ जनाको ज्यान गएको छ ।
आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेदाँ उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।
बसमा सवार तीर्थयात्री चारधाम जाँदै गर्दा बस दुर्घटना भएको हो।