काठमाडौं ।
तारा एयरको पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित हुने भएको छ । तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाको अनुसार साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय भएको छ । सोही अनुसार एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।
यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।
उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसमबारे मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।