बाँके ।
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । वीरेन्द्र चोकमा आज दरबार हत्याकाण्डा भएको दिन राजा विरेन्द्रको सम्झनामा शालिक राख्दा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगा हानाहान भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए ।
दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको बताइको छ ।
२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो ।
वीरेन्द्रको शालिक राख्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।