बारा ।
बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका कलैया उपमहानगरपालिकाका १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट करिब ४र५ जना साथीहरूसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएकोमा उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने वीरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेको प्रहरीले जनाएको छ।