एजेन्सी ।
अमेरिकाको एक अस्पतालमा गोली चलेको छ ।
अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।ओकलाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ ।