काठमाडौं ।
विमान दुर्घटनालाई मध्यनजर गर्दै अब एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गरिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाइलटको स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको हो।
एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।
अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।