नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली चयन

केन्द्रभाग मिडिया

पोखरा ।
नारी सेवा समिति कास्कीको अध्यक्षमा विष्णु पराजुली निर्वाचित भएकी छन् । समितिको हालै सम्पन्न १७ औं साधारणसभा एवं सातौं अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको वरिष्ट उपाध्यक्षमा लक्ष्मी वास्तोला, उपाध्यक्षमा गोमा सोती, सचिवमा सरिता बास्तोला, कोषाध्यक्षमा सुनिता सेन्चुरी, सहसचिवमा देवी श्रेष्ठ निर्वाचित भएका छन् । समितिको सदस्यमा उर्मिला पौडेल, अस्मिता अधिकारी, सारादा कोइराला, लक्ष्मी रोका, मायाँ तिवारी, सिता शर्मा, भवगती भण्डारी, सुनिता अधिकारी, केसीमायाँ नेपाली, भगवती पौडेल र विष्णु कुमारी पौडेल निर्वाचित भएका छन् ।

उक्त अवसरमा संस्थापक अध्यक्ष अम्बिका नेपाल, वरिष्ट सल्लाहकार भागवत नेपाल, पूर्व अध्यक्ष एवं सल्लाहकार सिता बराल र सविता अचार्य लगायतले निर्वाचित सम्पूर्ण कार्यसमितिले संस्थाको उद्देश्य अनुरुप संस्थाको गरिमालाई माथी उठाउने अपेक्षा व्यक्त गरे । महिलाहरुको उद्यमसिलतालाई संस्थाले अगाडि बढाउनुपर्नेमा जोड दिँदैै उनीहरुले कार्यकालको पूर्ण सफलताको कामना गरे ।

 

  • १८ जेष्ठ २०७९, बुधबार १०:३७ प्रकाशित