नायिकामाथि‘ब्याड टच’गरेको आरोपमा पक्राउ परेका भिक्षु फुर्वा रिहा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कबड्डी–४ की नायिका मिरुना मगरमाथि ‘ब्याड टच’ आरोपमा पक्राउ परेका बुदिष्ट भिक्षु रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामासँग ३ हजार धरौटी माग गर्दै रिहा गर्न आदेश दिएका हुन्।

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । चौतर्फी नायिका मिरुना विरुद्ध आलोचना र प्रर्दशन भएपछि उनले लचकता अपनाएकी हुन् ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैबीच अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण प्रतिकारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् ।

  • १७ जेष्ठ २०७९, मंगलवार १५:१७ प्रकाशित