नापी कार्यालयका अमिन ३० हजार घुससहित अख्तियारको फन्दामा

केन्द्रभाग मिडिया

भैरहवा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

सिनपा १२ स्थित जग्गाको हालसाविकमा लागि ३० हजार घुस लिदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधानका सूचना अधिकारी बेद प्रसाद भण्डारी ले ग्लोबल आवाजलाई जानकारी दिए ।

  • १७ जेष्ठ २०७९, मंगलवार १३:०९ प्रकाशित