युरोपेली संघ संस्थाहरुले रुसी तेल कटौती गर्ने भएको छ ।
युक्रेनमा हमला गर्दै आएको रुसमाथि अमेरिका तथा युरोपियन राष्ट्रहरुले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । थप प्रतिबन्ध स्वरुप इयुले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने निर्णय गरेको छ ।
पूर्ण प्रतिबन्ध लगाउने युरोपेली संघका नेताहरुको योजनामा हङ्गेरीले विरोध जनाएपछि ईयूले अब यो वर्षको अन्त्यसम्ममा झण्डै ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्ने सहमति भएको छ ।
युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी युद्ध औजारका लागी ठूलो वित्तीय स्रोत बन्द गरेको बताएका छन्।
यसले रुसलाई युद्ध अन्त्य गर्न अधिकतम दबाव दिएको छ।