पोखरा ।
पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि रोकिएको उडान सुचारु भएको छ ।
अघि विहान ७ ः ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण केही समयका लागि बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
क्रेनले ट्यांकर उठाए पछि विमानस्थल सञ्चालनमा संचालनमा आएको सुवेदीले बताए । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन ।