ट्यांकर पल्टिँदा पोखरा विमानस्थलमा उडान अवतरण बन्द

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ ।

अघि विहान ७ : ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने उनले बताए । ‘बुद्ध एयरको पोखराबाट काठमाडौं उडान भर्ने पहिलो विमानमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध छ । अहिले त्यसलाई क्रेन मगाएर हटाउने काम हुँदैछ । विमानस्थल सञ्चालनमा अझै एक घण्टा समय लाग्न सक्छ’ उनले भने ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नपाएको उनले बताए । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेकोले सक्दो छिटो उडान अवतरण सुचारु हुने उनले जानकारी दिए ।

  • १७ जेष्ठ २०७९, मंगलवार ०८:३२ प्रकाशित