खराब मौसमका कारण ‘राइट टर्न’ गर्नु पर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका।

संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए।

घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए।उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ।

  • १६ जेष्ठ २०७९, सोमबार १६:०० प्रकाशित