सम्बन्धविच्छेद अघि विदा मनाउन आएका थिए विमान दुर्घटनामा ज्यान गुमाएका भारतीय जोडी

केन्द्रभाग मिडिया

तारा एयरलाइन्सको विमान दुर्घटनाग्रस्त अवस्था सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकामा फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ ।

विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी , उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी , छोरा धनुष त्रिपाठी र छोरी ऋतिक त्रिपाठी उक्त विमानमा सवार थिए ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे ।

  • १६ जेष्ठ २०७९, सोमबार १४:०१ प्रकाशित