विमान दुर्घटना १४ जनाको शव संकलन

केन्द्रभाग मिडिया

काठमाडौं ।
मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार १४ जनाको शव संकलन भएको छ । २२ जनामध्ये अन्य ८ जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटना भएको जाहाज टुक्र टुक्रा भएको छ भने, शव पनि चारै तिर छरपस्ट रहेको प्रहरीले जनाएको छ । शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज हराईरहेको थियो । आइतबार दिनभर खोजतलासको प्रयास भए पनि सफल हुन सकेको थिएन । सोमबार बिहान करिब ८ बजे विमान दुर्घटना भएको अवस्थामा भेटिएको थियो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए । सबै यात्रुको शव संकलन गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

 

  • १६ जेष्ठ २०७९, सोमबार ११:४२ प्रकाशित