दुर्घटनाग्रस्त विमानका यात्रुको शव क्षतविक्षत : शव संकलन हुदैँ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराबाट मुस्ताङको जोमसोमका लागि जादै गरेको तारा एयर दुर्घटनामा यात्रुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

खराब मौसमका कारण हिजो बिहान उडेको विमानमा बेपत्ता भएको थियो ।बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

सिडिओ शर्माका अनुसार जहाज ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको हो । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त जहाजको तस्बिर खिचेर पठाएका थिए ।विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलतर्फ गएको छ ।

विमान दुर्घटनाग्रस्त अवस्थामा भेटेका स्थानीय इन्द्रसिंङ शेरचनको अनुसार शवहरु चिनिने अवस्थामा छैनन् । कसैको टाउँको, कसैको हात, कसैको खुट्टा छैन ।

उनको अनुसार अवस्था भयावह छ ।  दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा २२ जना सवार थिए ।

  • १६ जेष्ठ २०७९, सोमबार ०९:३४ प्रकाशित