कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही समयमा देशभर दुई हजार ९५७ जना निको भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

  • ४ आश्विन २०७८, सोमबार १६:५२ प्रकाशित