तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।
हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

सिडिओ शर्माका अनुसार जहाज ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनग्रस्त जाहाजको तस्बिर खिचेर पठाएका छन् र स्थान पत्ता लगोको छ ।

हेलीको माध्यमबाट नेपाली सेना र प्रहरी पठाउने उनले जानकारी दिए । ‘स्थान पत्ता लाग्यो , स्थानीय यार्सागुम्बा टिप्न गएकाहरुले तस्बिर पनि पठाउनुभएको छ । हामी हेलिकोप्टरबाट दुर्घटना स्थलमा उद्धार टोली पठाउने प्रयासमा छौं’ उनले भने ।

पोखराबाट हिजो बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतवार बिहान १०: ७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका रहेका थिए । ।

  • १६ जेष्ठ २०७९, सोमबार ०८:२६ प्रकाशित