काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको छ ।
यो चालु आर्थिक वर्षको भन्दा बढी हो । आर्थिक वर्ष २०७८ /७९ का लागि वर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट रहेको थियो ।
आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सो आकारको बजेट आएको जानकारी गराएका हुन् ।
आगामी आर्थिक वर्षका लागि चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको अर्थमन्त्री शर्माले जानकारी दिए ।
त्यसैगरी सरकारले स्रोत जुटाउन राजश्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइे बताइएको छ ।