विमान खोज्न सेनाको टोली मानापाथी हिमालतर्फ प्रस्थान

केन्द्रभाग मिडिया

विमान खोजीको लागि पोखराबाट मुस्ताङ तर्फ जान लागेको हेलिकप्टर

मुस्ताङको मानापाथीमा देखिएको बलिरहेको आगो तर्फ नेपाली सेना परिचालन भएको छ ।

स्थानीयले मानापाथि हिमालको फेदमा आगो बलिरहेको र त्यही नै बेपत्ता भएको तारा एयरको विमान हुनसक्ने अनुमान गरेपछि नेपाली सेनाले आफ्नो फौजलाई मानापाथी हिमालतर्फ केन्द्रित गरि परिचालन गरेको बताएको छ ।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वका उद्धारकर्मी रहेका छन् ।

विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी नारायण सिलवालले जानकारी दिएका छन् ।

तस्बिरमा हिमाली खर्कमा आगोको ज्वाला र धुवाँ उडिरहेको देख्न सकिन्छ।यद्यपी फौज पुगेर नहेरेसम्म विमान भेटिएको पुष्टि नहुने सहायकरथी सिलवालले बताएका छन् ।

  • १५ जेष्ठ २०७९, आईतवार १७:०९ प्रकाशित