कृषि उत्पान आत्मनिर्भर कार्यक्रमका लागि १० अर्व बजेट, ५ खर्व बराबर कर्जा प्रवाह गर्न लघुवित्तीय स्थापना

केन्द्रभाग मिडिया

पोखरा ।
अर्थमन्त्री जनार्दन शर्माले कृषि आत्मनिर्भरता कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब बजेट बिनियोजन गरेका छन् ।

आइतबार संसदमा बजेट प्रस्तुत गदै शर्माले हरेक वडामा एक प्राविधिक पुर्याएने बताए । यस्तै ३०० कृषी स्वयंसेवक तयार गरिने उनले बताए ।

अर्थमन्त्री शर्माले कृषी कर्जा किसानको घरसम्म पुर्याउन लघुवित्तीय कोष स्थापना गर्ने घोषणा गरेका छन् । त्यसका लागि ५ खर्व बराबरको कर्जा प्रवाह गरिने शर्माले बताए । त्यसबाट कृषि उत्पादन बृद्धि गर्न लगानीको वित्तीय पहुच बृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

बाझो जमिनमा कृषि गर्न चाहने सहकारीलाई लिजमा जग्गा उपलब्ध गराईने उनले धोषणा गरे ।

  • १५ जेष्ठ २०७९, आईतवार १६:५४ प्रकाशित