हराईरहेको तारा एयरको जाहाज जलिरहेको अवस्थामा देखियो

केन्द्रभाग मिडिया

पोखरा ।
आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो कुराको जानकारी दिए ।

उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको हो ।

सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन ।

यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार १६:३४ प्रकाशित