बेपत्ता विमान खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिएका छन् । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको जानकारी दिए । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो । पोखराबाट स्थानीय समय अनुसार बिहान ९ः ५५ बजे जोमसोमको लागि उडेको विमान अन्तिम पटक जोमस टावरसँग १० : ७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

जहाजमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य रहेका छन् ।

  • १५ जेष्ठ २०७९, आईतवार १४:१३ प्रकाशित