गण्डकी सरकारले मनायो १५ औँ गणतन्त्र दिवस

केन्द्रभाग मिडिया

पोखरा  ।
गण्डकी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाएको छ । प्रदेश सरकारकले मुख्यमन्त्री कार्यालय परिषरमा मुल समारोह आयोजना गरी गणतन्त्र दिवस मनाएको हो । प्रदेश प्रमुख पृथ्वी मान गुरुङको प्रमुख आतिथ्यतामा रहेको समारोहमा प्रदेश सभा सभामुख, मन्त्री र उच्च पदस्थ निकायका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमालाई सम्बोधन गदै प्रदेश प्रमुख पृथ्वी मान गुरुङले १५ औँ गणतन्त्र दिवस मनाइरहदा पनि जनताको अपेक्षा पूर्ण हुन नसकेको बताए । जबसम्म राजनीतिक परिर्वतनले जनताको दैनिक जिवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पर्दैन तवसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन नसक्ने भन्दै गुरुङले जनता सामु गरेका प्रतिवद्धता र सहिदका सपना पुरा गर्नु सबैको दायित्व र कर्तब्य रहेको स्मरण गराए ।

गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रदेश सरकार जाताको साथमा रहेको बताए । सिमित स्रोत साधनकाबिच पनि प्रदेश सरकार जनताको पक्षमा काम गरेको उनले दाबी गरे ।

हाम्रो संविधानले तीन तहकै सरकारलाई सहकार्य, सहअस्थित्व र सहयोगमा आधारीत भएर अगाडी बढ्न निर्देशन गरेको छ । सोही अनुसार तीनै तहका सरकारबीच सहकार्य हुन सके गणतन्त्र संस्थागत गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा प्रदेश सरकारक मातहतका उत्कृष्ट कर्मचारी र उत्कृष्ट कार्यालयलाई सम्मान गरिएको थियो ।

  • १५ जेष्ठ २०७९, आईतवार १०:३९ प्रकाशित