पोखराका नवनिर्वाचित मेयर आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले आयोगका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको भन्दै आयोग प्रति आक्रोस पोखेका थिए ।

संवैधानिक निकायको प्रमुख मर्यादामा नबसेकै कारणले बढी मत बदर हुन गएको भन्ने आचार्यको अभिव्यक्तिप्रति आयोगले स्पष्टीकरण सोधेको हो।

निर्वाचित भए पछि विजयी उत्सको सभामा आचार्यले आयोगको बदनियतका कारण मत बदर भएको अभिव्यक्ती दिदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रति विवादित अभिब्यक्ती दिएका थिए  ।

सुरुमा जसको उम्मेदवार हुँदैन, त्यसको चुनाव चिन्ह राखिदैन भन्यो । दिनेश थपलिया जीले पत्रकार सम्मेलन गरेरै भन्नुभयो । हामीले यसैगरी चुनाव प्रचार ग¥यौं । तर, उम्मेदवार नहुनेठाउँमा चुनाव चिन्ह हटेन । ठूलोसंख्यामा मत बदर भयो ।’

आचार्यले मत बदर नभएको भए आफू २७ हजार मतान्तरले विजयी हुने दावी गदै भाषण गरेका थिए ।

 

  • १४ जेष्ठ २०७९, शनिबार १३:४१ प्रकाशित