बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । बालेनले १ लाख ९१ हजार मत खसेकोमा ६१ हजार बढी मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएको औपचारिक घोषणासँगै बालेनको विजय उत्सव सुरु भएको छ । बालेनका समर्थकहरुले विजय जुलुशलाई उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।

सभागृहबाट सुरु भएको र्याली भद्रकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुलीबजारबाट युएन पार्कतर्फ मोडिने जनाइएको छ ।

त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडिबुटी पुगेर पुनः कोटेश्वर फर्केर सिनामंगल–एयरपोर्ट–तिलगंगा–गौशला–चावहिल–महाराजगन्ज–सामाखुशी–नयाँ बसपार्क हुँदै र्याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु–त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १२:४५ प्रकाशित