गठबन्धनको पोखरामा विजयी र्‍याली

केन्द्रभाग मिडिया

पोखरा  ।
सत्ता गठबन्धनले पोखरामा विजयी र्याली निकालेको छ । पोखरा सभागृहबाट र्याली न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाबजार हुदै पोखरा प्रदर्शनी केन्द्रमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा निर्वाचित मेयर, वडाध्यक्ष, सदस्य र गठबन्धनमा आवद्ध पाचँ दलका नेता, कार्यकर्ता सहभागी भएका थिए ।

प्रदर्शनी केन्द्रमा भएको सभामा बोल्दै निर्वाचित मेयर धनराज आचार्यले डे वानदेखि काम सुरु गर्ने बताए । पहिलो दिन देखि काउनडाउन सुरु हुने भन्दै आचार्यले सबैले समयको हेक्का राख्नुपर्ने बताए ।

भाषण गर्ने भन्दा पनि समृद्ध पोखरा बनाउने समय सुरु भएको बताए । टिओआर बनाएर मेयर, उपमेयर र वडाध्यक्षले काम गर्ने उनले बताए । पदभार ग्रहण पछि सबै वडामा पुगेर मतदातालाई धन्यवाद दिने उनले बताए ।

महानगर भित्र आएर राजनीति र पार्टीका कुरा गर्ने छैनौ, घोषण पत्रमा भएका कुरा पुरा गर्ने गरि काम सुरु गर्ने छौँ, उनले भने ।
सभालाई गठबन्धन दलका नेताले सम्बोधन गदैँ मेयर सहित बहुमत सदस्य जिते पनि तल्लो स्तरमा तालमेल हुन नसक्दा उपमेयरमा पराजित हुनुपरेको बताएका थिए । प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने ती नेताहरुको भनाई थियो ।

यस्तै नेकपा एमालेले पनि पोखरामा विजयी र्याली तथा सभा गरेको छ । पोखरा सभागृहमा आयोजित कार्यक्रममा उपमेयरमा निर्वाचित मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र सदस्यहरुलाई पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताले बधाई तथा सफल कार्याकालको शुभकामना दिएका थिए ।

  • ११ जेष्ठ २०७९, बुधबार १९:२४ प्रकाशित