पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । १० दिन देखी पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको कार्यालय परिषरमा मतगणना भइरहेको छ ।

१ लाख २८ हजार ३१७ मत गणना हुदाँ मेयरमा अधनराज आचार्य र उपमेयरमा मञ्जु देवी गुरुङले अग्रता लिएकी छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकिकृत समाजबादी धनराज आचार्य ५१ हजार ८८१ मत पाएका छन् भने । उनलाई पच्छाउदै एमालेका उम्मेदवार कृष्ण बहादुर थापाले ४७ हजार ५७१ मत पाएका छन् । थापा भन्दा आचार्य ४ हजार ३१० मतान्तरले अगाडी छन् ।

राप्रपाका शंकर खरालले ५ हजार ४३४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश) लौरो चिन्ह्ले २ हजार ८९६ मत पाएका छन् ।

यस्तै उपमेयर तर्फ नेकपा एमालेकी मञ्जु देवी गुरुङले ५४ हजार ३२८ मतसहित अग्रता लिएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली काग्रेसकी कोपिला रानाभाटले ५० हजार ६२६ मत पाएकी छन् । रानाभाट भन्दा गुरुङ ३ हजार ७०२ मतान्तरले अगाडी छन् । राप्रपाकी रन्जना सेनले ५ हजार ४३० मत पाएकी छन् ।

१ लाख ४३ हजार २२६ मत खसेकोमा अब १४ हजार ९०९ मत गन्न बाकीँ छ ।

 

  • ९ जेष्ठ २०७९, सोमबार १६:५९ प्रकाशित