बुटवल ।
निरन्तरको अविरल वर्षाले खसेको पहिरोबाट बुटवलमा ९ घर पुरिएका छन् । भदौ १३ गते गएको पहिरोले ७ घर पुरिएकोमा आज बिहान झरेको पहिरोले बुटवल– ३ ज्योतिनगरमा थप नौं वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न शुरु गरेको हो । पहिरोबाट दर्जनौँ घर जोखिममा परेका छन् ।
यसैबीच पहिरो अवलोकनमा पुगेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का हानेका छन ।
सरकारले पहिरोबाट विस्थापित बनेकालाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले आज बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका हुन् ।