पोखरा २८ मा धनराजलाई १९९ मतको अग्रता : उपमेयरमा कोपिला अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको वडा नम्बर २८ मा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९९ मतले अग्रता लिइरहेका छन् । आचार्यले २४ सयम मत गन्दा १ हजार १५२ मत ल्याउँदा नेकपा एमालेका कृष्ण थापाले ९५३ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपीला रानाभाटले अग्रता लिइकी छिन् । कोपिलाले १ हजार ७१ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ५५ मत ल्याएकी छिन् । मञ्जु १६ मतले पछि परेकी हुन् ।

  • ६ जेष्ठ २०७९, शुक्रबार ०९:०२ प्रकाशित