पोखरामा धनराजलाई झण्डै २५ सय मतको अग्रता : उपमेयरमा ९ मतले पछि परिन् कोपिला

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको मत गणना कार्य जारी छ । अहिलेसम्म ५२ हजार ८१७ मत थनिसक्दा गठबन्धनका साझा उम्मेदवार एसका धनराज आचार्यले झण्डै २५ मतले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले १९ हजार ३८८ मतले पछ्याइरहेका छन् । उनी आचार्यभन्दा दुई हजार २९२ मतले पछाडी परेका छन् ।

राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खरालले २ हजार १८६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १ हजार १८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङले अग्रता लिएकी छन् । उनले २२ हजार १३१ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मत प्राप्त गरेकी छन् ।रानाभाट ९ मतले पछि परेकी छिन् ।

उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जु सेनले १ हजार ९४९ मत प्राप्त गरेकी छन् । पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

हाल सम्म १२ वडाको मतगणना सकिदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।

  • ५ जेष्ठ २०७९, बिहीबार १४:१० प्रकाशित