पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा ५०११७ मत गणना गर्दासम्म गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जु गुरुङ बीचको प्रतिस्पर्धा पेचिलो देखिएको छ ।

गठबन्धनकी कोपिलाले २० हजार ९६३ मत प्राप्त गर्दा एमालेकी मञ्जुले उनले भन्दा बढी १४ मतले अगाडि छन् । उनले २० हजार ६७७ मत प्राप्त गरेर अग्रता लिएकी हुन् ।

मेयर पदमा भने गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले निरन्तर अग्रतालाई बढाइरहेका छन् । उनले २० हजार ७४९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १८ हजार ३६६ मत प्राप्त गरेका छन् । उनी आचार्य भन्दा दुई हजार ३८३ मतले पछाडी छन् ।

पोखरामा अहिलेसम्म १२ वटा वडामा मतगणना सकिएको छ । जसमा ९ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा एमाले निर्वाचित भएको छ ।

  • ५ जेष्ठ २०७९, बिहीबार ०८:२० प्रकाशित