पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मत गणना कार्य जारी छ । अहिलेसम्म ४७ हजार ४६६ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।

प्राप्त परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले १७ हजार ५१२ मत सहित पछ्याइरहेका छन् । उनी आचार्यभन्दा दुई हजार १०३ मतले पछाडी परेका छन् ।

राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खरालले एक हजार १९६२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १०२४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङले अग्रता लिएकी छन् । उनले २० हजार दुई मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङ भन्दा कोपिला रानाभाट २२७ मतले पछाडी परेकी छन् । उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जु सेनले १७४४ मत प्राप्त गरेकी छन् । पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

 

  • ५ जेष्ठ २०७९, बिहीबार ०७:१५ प्रकाशित