पोखरामा मेयर उम्मेदवार आचार्यलाई दुई हजार भन्दा धेरै मतको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मत गणना कार्य जारी छ । अहिलेसम्म ३९ हजार ४१३ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।

प्राप्त परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १६ हजार ४१९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले १४ हजार ३४८ मत सहित पछ्याइरहेका छन् । उनी आचार्यभन्दा २०७१ मतले पछाडी परेका छन् ।

राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार शंकर खरालले एक हजार ६२१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ८९६ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६ हजार ६६५ मत प्राप्त गरेकी छन् । उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङले १६ हजार ३९८ मतसहित पछ्याइरहेकी छन् ।

उनी रानाभाट भन्दा २६७ मतले पछाडी छन् । उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जु सेनले १३७५ मत प्राप्त गरेकी छन् ।
पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार १४:५२ प्रकाशित