निलम्बित एमाले सांसदका छोरा मतगणना स्थलबाट पेस्तोलसहित पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

मुगु ।

एमालेका निलम्बित सांसदका छोरा मतगणना भइरहेको स्थलबाट पेस्तोलसहित पक्राउ परेका छन् ।

मुगु जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरा हिजो (मंगलबार) दिउँसो पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम लगिने भएको छ। खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार ०८:५० प्रकाशित