पोखराको मेयरमा अग्रता फराकिलो पार्दै धनराज : थापा भन्दा १२८५ मतले अगाडी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य १२ सय ८५ मतले अगाडि छन् ।

आज मंगलबार बिहान ८ बजेसम्म २० हजार ६६० मत गन्दा आचार्यले ८ हजार ५६३ मत ल्याउँदै अग्रता फराकिलो पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित अग्रता कायम राखेकी छन् । अर्की प्रत्यासी एमालेकी मञ्जु गुरुङले ८ हजार २७१ मत सहित पछ्याएकी छन् ।

  • ३ जेष्ठ २०७९, मंगलवार ०८:४० प्रकाशित