पोखरामा ४ वटा वडाको मतगणना जारी रहदा आचार्यले बनाए फराकीलो अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरमा मतगणना जारी छ । १३ हजार ६४३ मत गणना हुदाँ धनराज आचार्यले अग्रता झनै बढाएका छन् । आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतित्द्धन्द्धि नेकपा एमालेका कृष्ण बहादुर थापाले ५ हजार ७८ मत पाएका छन् । आचार्यले मतान्तर बढाएर ६७० पुर्याएका छन् ।

राप्रपाका शंकर खरालले ६५८ मत ल्याउदा स्वातन्त्र उम्मेदवार गनेश पौडेलले ३३९ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५ हजार ५६४ मत प्राप्त गरेकी छन् । निकटतम प्रतित्द्धन्दि नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ४७४ मत पाएकी छन् । आचार्य गुरुङ भन्दा९० मतले पछाडी छन् । राप्रपाकी रन्जना सेनको ३७१ मत छ ।

वडानम्बर १, २ र १२ को मत गणना सकिएको छ, भने वडानम्बर ३, ४, २३, २४ र २५ को मतगणना जारी छ ।

  • २ जेष्ठ २०७९, सोमबार १८:३७ प्रकाशित