फेरि बढेर आयो पेट्रोलको मूल्य (नयाँ मूल्यसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतबाट फेरि इन्धनको मुल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य बढाएर पठाएको हो । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ ।

निगमको अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ । उनका अनुसार पछिल्लो ५ महिनाको अवधिमा आईओसीबाट प्राप्त हुने मूल्य सूची उच्च दरले बढेको छ ।

५ महिनाको अवधिमै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टितेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ ।

  • २ जेष्ठ २०७९, सोमबार १६:४९ प्रकाशित