कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङले विजयी भएका छन् ।

ओझाले ५ हजार ७४९ मत ल्याएउदै कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे । गुरुङले ४ हजार १३७ मत ल्याइन् ।

उपाध्यक्षमा एमालेकी गुरुङले ५ हजार ४४५ मत ल्याएर विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १५३ मत ल्याए ।

७ वटा वडा रहेको रुपामा ६ वटामा एमालेले प्यानलसहित जितेको छ।

  • २ जेष्ठ २०७९, सोमबार १३:१५ प्रकाशित