पोखरामा मतान्तर बढाउँदै धनराज

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

१० हजार ४९३ मत गणना हुँदा आचार्यले चार हजार ११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ८३० मत ल्याएका छन् । महानगरको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ ।

मेयर पदमा राप्रपा उम्मेदवार शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २५० मत प्राप्त गरेका छन् ।गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ हजार २९८ मत ल्याएकी छन् ।

नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४ हजार ३८४ मत ल्याएकी छन् । राप्रपाकी उम्मेदवार रन्जना कुमारी सेन पौडेलले ५०८ मत प्राप्त गरेकी छन् ।

  • २ जेष्ठ २०७९, सोमबार १०:३२ प्रकाशित